६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

काठमाडाैँ तारकेश्वरका एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि

६ जेठ, काठमाडाैँ । काठमाडाैँको तारकेश्वर नगरपालिका घर भएका एक जनामा कोरोना पुष्टि भएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा तारकेश्वर नगरपालिकाका उमेर नखुलेको पुरूषमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसअघि नै काठमाडाैँमा तीन जनामा कोरोना पोजेटिभ देखिएको भनेका मध्येका एक जना तारकेश्वरको पुरूष रहेका हुन । उनी अस्पतालको सम्पर्कमा रहेका छन ।

लामो समयसम्म घरमै के बस्न्ने भनेर उनी विराटनगर पुगेर काठमाडाैँ फर्किएका थिए । काठमाडाैँ उपत्यकामा मंगलबार मात्रै ८ संक्रमित थपिएका छन । उनीहरूको स्थायी ठेगाना मात्र मन्त्रालयले खुलाएका कारण उनीहरूको एकिन तथ्यांकमा समस्या देखिएको छ । मन्त्रालयका अनुसार सिन्धुली, रामेछाप, मकवानपुर र लमजुङका भनिएका संक्रमितहरूको समेत टेकुमै स्वाब संकलन गरिएको पाइएको छ । उनीहरू हाल अस्पतालको सम्पर्कमा रहेका छन ।

प्रकाशित मिति : May 19, 2020 at 9:03 pm