२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मन्त्री अर्यालको अपिल ‘त्रुटिपूर्ण नक्सा प्रयोग नगरिदिनुस्, नयाँ सार्वजनिक गर्दै छाैँ’

६ जेठ, काठमाडाैँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निबारणमन्त्री पद्माकुमारी अर्यालले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न अपिल गर्नु भएको छ । सोमबार मन्त्रिपरिषद्बाट नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय भए लगत्तै समाजिक सञ्जालम विभिन्न खालका नक्साहरू सार्वजनिक गर्दै यही हो नयाँ नक्सा भन्दै भाइरल हुन थालेपछि मन्त्री अर्यालले नयाँ नक्सा सार्वजनिक गर्ने तयारी भैरहेको बताउनुभयो ।

उहाँले भन्नुभएको छ ‘आदरणीय महानुभावहरु, नेपाल सरकार मन्त्री परिषदको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरे संगै नयाँ नक्सा सार्बजनिक गर्ने तयारीमा छौं, तसर्थ नक्सा सार्बजनिक नगर्दा सम्म धैर्य रहि सामाजिक संजालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगरी दिनु हुन विनम्र अनुरोध गर्दछु ।’

प्रकाशित मिति : May 19, 2020 at 10:40 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/