नक्सा सार्वजनिक गरेर प्रयोगमा ल्याउन संविधान संशाेधन चाहिँदैनः डा आचार्य
६ जेठ, काठमाडौँ । संवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ता डा भिमार्जुन आचार्यले नक्सा सार्वजिनक गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न कानुनले बाधा सिर्जना नगर्ने बताएका छन । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सरकारलाइ धन्यवाद दिँदै उनले नक्सा सार्वजनिक गरेर प्रोयगमा ल्याउन संविधान संशोधन आवश्यक नहुने बताएका छन ।
आचार्यले भनेका छन ‘फेरी पनि मुलुकको हित बिरूद्ध प्रयोग भएकाहरुले संविधान संशोधन बिना नक्सा सार्वजनिक गर्न मिल्दैन भन्ने सल्लाह दिन सक्छन, जुन गलत हो। देशको नक्सा सार्वजनिक गर्न संविधान कहिँकतै वाधक छैन । निशाना छाप र अन्य कुराहरुलाई उपयुक्त समयमा मिलाउँदै गर्दा हुन्छ ।’

आचार्यले यो रङ र पहिचान नै नभएको कुनै लुरे झुत्रे देश नभएको भन्दै संसार कै आठरदश ओटा प्राचीन सभ्यता र इतिहास बोकेका देशहरुको गणना भित्र नेपाल पर्ने बताएका छन । उनले सरकारले नक्सा कार्यान्वयनमा ढिलासुस्ती गर्न नहुने भन्दै भनेका छन ‘यसको हामीले हेक्का राख्न सक्नु पर्दछ मन्त्रीपरिषदबाट निर्णय चाहिँ गर्ने तर अरू बाहना देखाएर सार्वजनिक नगर्ने काम यदि गरियो भने यो पनि उतैको ईशारामा गरिएको रहेछ भनेर बुझ्नु पर्छ । त्यसो हुन गएमा हाम्रा नेताहरुलाई विश्वास गर्ने कुनै चीज बाँकि रहने छैन । बिना कुनै ढिला सुस्ती नक्सा सार्वजनिक गरौ सरकार !’
प्रकाशित मिति : May 19, 2020 at 9:22 am





