२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

ककनी गाउँपालिकाले आजबाट काठमाडौँको फोहोर डम्पिङसाइटमा फाल्न नदिने

५ जेठ, काठमाडाैँ । ककनी गाउँपालिकाले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको स‌क्रमण बढेसँगै आजबाट एक साताका लागि डम्पिङसाइटमा फोहोर व्यवस्थापन गर्न नदिने भएको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय त्रसित हुन पुगेको भन्दै एक सातासम्म डम्पिङसाइटमा फोहोर व्यवस्थापन गर्न नदिने निर्णय भएको गाउँपालिकाले विज्ञप्ति प्रकाशित गरी जनाएको हो ।


विज्ञप्तिमा भनिएको छ, ‘फोहोर बोकेका सवारीसाधनको अव्यवस्थाका कारण संक्रमण हुन सक्ने भएकाले एक साताका लागि फोहोर फाल्न रोक्ने निर्णय गरिएको हो ।’ गाउँपालिकाले अत्यावश्यक सवारीसाधन एम्बुलेन्सबाहेक पदैलयात्रीलाई समेत हिँडडुल गर्न नदिने निर्णय गरेको छ ।

प्रकाशित मिति : May 18, 2020 at 11:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/