फेरि थपिए ३ जना कोरोना संक्रमित, धनकुटा जिल्ला अस्पतालकी नर्समा पनि संक्रमण
४ जेठ, काठमाडाैँ । प्रदेश १ मा आइतबार ३ जनामा कोरोना पुष्टि भएको छ । जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ। बाँकी २ जना संक्रमित भने विराटनगरका हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्।योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। जसमध्य २ जनाको मृत्यु भएको छ। आइतबार मात्रै बाँकेका २५ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टी भएको हो। संक्रमितमध्ये ३६ जना निको भएका छन्।
प्रकाशित मिति : May 17, 2020 at 8:02 pm





