भारतले नेपाललाई दियो ३० हजार पिसिआर किट
४ जेठ, काठमाडाैँ । भारतले कोरोना परीक्षण गर्नका लागि नेपाल सरकारलाई ३० हजार पिसीआर किट सहयोगस्वरूप प्रदान गरेको छ। भारत सरकारको तर्फबाट नेपाललका लागि राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त किट प्रदान गरेका हुन्। आइतबार बिहान माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट गुणस्तरीय पिसिआर किट हस्तान्तरण गरिएको हो।

यसअघि गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तरण गरेका थिए । औषधि र किटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एक साथ लड्न दुई देशका नेता एवम् जनताबीचको जारी सहकार्यलाई दर्शाउने भारतीय दूतावासले जनाएको छ ।
प्रकाशित मिति : May 17, 2020 at 1:44 pm





