प्रहरीकै अघि बीच सडकमा चिकित्सक र स्वास्थ्यकर्मीको हुर्मत लिने उत्तम कार्की पक्राउ
४ जेठ, काठमाडौँ । शुक्रबार नागढुंगामा प्रहरीअघि बीच सडकमा चिकित्सक र स्वास्थ्यकर्मीको हुर्मत लिने उत्तम कार्की पक्राउ परेका छन । गुण्डागर्दीको शैलीमा प्रहरीकै अघि चिकित्सक र स्वास्थ्यकर्मीको हुर्मत लिने कार्की चर्को जनदबाबपछि आइतबार पक्राउ परेका हुन । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्याम ज्ञवालीलेले कार्कीको पक्राउको पुष्टि गर्दै कारबाहीको प्रक्रिया अघि बढाएको बताएका छन ।

प्रमुख ज्ञवालीले भने ‘चिकित्सक र स्वास्थ्यकर्मीलाइ दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएका छौं । आवश्यक कारबाही गर्छौ ।’ गृहमन्त्रालयले नै यसलाइ गैरकानुनी भन्दै कारबाहीका लागि प्रहरीलाइ अनुरोध गरेको थियो । दूर्व्यवहार गरेर भिडियो बनाउने कार्कीको समाजिक सञ्जालमा चर्को बिरोध भैरहेको छ ।
प्रकाशित मिति : May 17, 2020 at 1:22 pm





