सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु कोरोना संक्रमणकै कारणः मन्त्री दुलाल
३ जेठ, काठमाडाैँ । प्रदेश ३ को सामाजिक विकासमन्त्री एवं सिन्धुपाल्चोकका स्थायी बासिन्दा युवराज दुलालले बिहीबार राति धुलिखेल अस्पततालमा मृत्यु भएकी महिलाको कोरोनाकै कारण मृत्यु भएको जानकारी दिएका छन । उनले केहीबेरअघि सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त महिलाको कोरोनाकै कारण मृत्यु भएको बताएका हुन । उनले महिलाको मृत्यु पनि कोरोनाबाटै भएको चिकित्सकीय अनुसन्धानबाट खुलेको जानकारी दिएका छन ।

उनले यस्तो लेखेका छन
धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका-९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएकोमा संक्रमीत महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको छ । यो नतिजाप्रति दुखित छु । सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बंधित ठाउँमा भोली बिज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिनेछ । धैर्यता र सहयोगको लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु । मृतकप्रति हार्दिक श्रद्धान्जली र बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

प्रकाशित मिति : 21:02









