कोरोना संक्रमित महिलाको अन्त्येष्टि कोभिड १९ शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार हुने
३ जेठ, काभ्रे । धुलिखेल अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित महिलाको अन्त्येष्टि ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि-२०७६’ अनुसार हुने भएको छ । धुलिखेल अस्पतालका अुनसार बिहीबार राति मृत्यु भएकी सिन्धुपाल्चको बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया महिला कोभिड १९ शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार अन्तिम संस्कार गर्ने तयारी गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भैसकेको थियो । उनको थ्रोड स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । मृत्युको कारण खोजी भैरहेको भए पनि उनी मृत्यु हुनेमा नेपालको पहिलो कोरोना संक्रमित भएकी छिन । ज्वरो देखिएर श्वास्प्रश्वासमा समस्या देखिएपछि ती महिलालाइ बिहबार राति धुलिखेल अस्पताल पुर्याइएको थियो ।
बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन । वैशाख २३ गते शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाले २४ गते बच्चा जन्त्माएकी थिइन भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक फर्किएकी थिइन । उनको धुलिखेल अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला दुबैमा गरेको परीक्षण पोजेटिभ देखिएको बुझिएको छ ।


प्रकाशित मिति : May 16, 2020 at 8:45 pm





