कोरोना संक्रमितको मृत्यु भएपछि सिन्धुपाल्चोकका तीन वडा ‘सिल’, सेना र प्रहरी परिचालन
३ जेठ, काठमाडौँ । सिन्धुपाल्चोककी एक कोरोना संक्रमितको मृत्यु भएपछि जिल्लाका तीन वटा वडा ‘सिल’ गरिएको छ । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ सिल भएको छ । धुलिखेल अस्पतालमा बिहीबार राति कोरोना संक्रमित २९ वर्षको महिलाको मृत्यु भएपछि यसअघि नै उनले सुरूमा सेवा लिएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’ गरिएको थियो ।

सिल गरिएको वडा मृतक महिलाको घर र माइती गाउँ भएको बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले त्यस क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए । बैठकको माइन्यूट तल हेर्न सक्नुहुन्छ ।


प्रकाशित मिति : May 16, 2020 at 7:51 pm





