६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

कोरोना संक्रमित महिलाको मृत्युपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’

३ जेठ, काठमाडाैँ । कोरोना संक्रमित महिलाको मृत्युपछि सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’ गरिएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पोजिटिभ देखिएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’ गरिएको हो । स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत डा. निशान्त शर्माले उनको मृत्यु भएको थाहा पाएकै बेलादेखि सेल्फ क्वारेन्टाइनमा बसेको र बिरामी जाँच्न छाडेको जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले मृतकको स्थायी घर रहेको बाह्रबीसे नगरपालिका–९, राम्चेमा सुरक्षाकर्मी तैनाथ गरिएको बताउनुभयो ।

प्रकाशित मिति : May 16, 2020 at 5:16 pm