कोरोना शंका गरिएकी सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पताल सिल
३ जेठ, काठमाडाैँ । सिन्धुपाल्चोक घर भएकी एक सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालमा तनाव सिर्जना भएको छ । श्वास्प्रश्वासमा समस्या रहेकी सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । कोरोनाको शंकामा अहिले अस्पतालमा सिल गरिएको छ । कोरोनाकै उपचारका लागि तोकिएको अस्पतालमा सिन्धुपाल्चोकबाट ल्याएकी २९ वर्षीय महिलाको उपचारको क्रमममा बिहीबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन नरेन्द्र झाले बताएका छन ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन । अस्पतालबाट घर फर्किएपछि श्वासप्रश्वासमा समस्या देखिएर उनलाइ धुलिखेल अस्पताल लगिएको थियो । ती महिलाको कोरोना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडाैँमा नमुना पठाइएको छ । अस्पतालले भने कोरोनाको शंका रहेको भन्दै उच्च सतर्कता अपनाउँदै अस्पताल सिल गरेको छ ।
प्रकाशित मिति : May 16, 2020 at 3:13 pm





