१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेरो पूर्ण समर्थन छः अध्यक्ष प्रचण्ड

२ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आवका लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले मुलुकका अहिलेका प्राथमिकतालाई सिलसिलाबद्धढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिनुभएको छ ।

नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएपछि प्रत्रकारहरुलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मुख्य कुरा कार्यान्वयको नै हो, कोभिड १९ जुन परिस्थिति सिर्जना भएको छ, यसले सबैतिर जटिलता पैदा गरेको छ, चुनौती चाँहि कार्यान्वयनकै छ, कार्यान्वयन गर्न सकियो भने राम्रै गति लिने छ, सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेरो पूर्ण समर्थन छ ।”

सोही पार्टीका नेता जनार्दन शर्माले नीति तथा कार्यक्रममा आएका कुरा समग्रमा निकै राम्रा भएका प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको महामारीले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव, नेपालमा पार्ने प्रभाव अझै कति हुन्छ भन्न यकिन गर्न सकिने अवस्था छैन, त्यो समग्र मूल्याङ्कनपछि मात्र नीति तथा कार्यक्रमले कस्तो गति लिन्छ भन्न सकिन्न, समग्रमा राम्रो छ, सवैक्षेत्रलाई समेटेको छ ।”

प्रकाशित मिति : 22:09