काठमाडौँ महानगरका ३१ जना कर्मचारीमा आरडीटी परीक्षण रिपाेर्ट पोजेटिभ
२ जेठ, काठमाडाैँ । काठमाडौF महानगरपालिकाका ३१ जना कर्मचारीमा आरडीटी परीक्षण रिपाेर्ट पोजेटिभ देखिएकाे छ । शुक्रबार उनीहरुमा गरिएकाे आरडीटी परीक्षणमा ३१ जनामा पोजेटिभ देखिएको काठमाडौंँमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले जानकारी दिए ।

बज्राचार्यका अनुसार महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविकालगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनाकाे आरडीटी परीक्षण रिपाेर्ट पोजेटिभ देखिएकाे हो । ६६४ जनामा गरिएकाे आरडीटी टेस्टमा ३१ जनामा कोरोना पोजेटिभ आएको हो । उनिहरूकाे पीसीआर रिपोर्ट भने आउन बाँकी छ ।
उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको बज्राचार्यले जानकारी दिए । उनिलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।
प्रकाशित मिति : May 15, 2020 at 6:45 pm




