६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुवाती पुँजी उपलब्ध गराउने

२ जेठ, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई उद्यमशील बन्नका लागि सुरुआती पुँजी उपलब्ध गराउने भएको छ ।  सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गर्नुभयाे ।

सरकारले नयाँ उद्यम गर्न युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । नवप्रर्वतनात्मक  युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने भएकाे छ । उक्त कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमलाई पूर्नसंरचना गरेर कार्यक्रम क्षेत्र बिस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।

राष्ट्रपति भण्डारीले पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा काेराेनाका कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएकाले युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति रहेको बताउनुभयाे ।

सिपयुक्त र दक्ष जनशक्ति बनाउनका लागि घुम्ति तालिम केन्द्रहरु सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको समेत उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : May 15, 2020 at 5:49 pm