६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (LIVE)

२ जेठ, काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको छ । कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएकाे छ  ।

सरकारले यसवर्षको नीति तथा कार्यक्रममा कोभिड-१९ विरुद्ध लड्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ। कोरोनासँग लड्न स्वास्थ्य संस्थाहरुलाई आवश्यक सामान किन्ने र अस्पतालहरुको सुदृढिकरण गर्ने कार्यक्रम सरकारले तय गरेको छ।

त्यस्तै रोजगारी श्रृजना गर्ने कार्यक्रम र कृषिलाई प्राथमिकतामा राख्ने तयारी सरकारको छ। सरकारले नीति तथा कार्यक्रममा विदेशबाट आउने नेपाली र ट्रेकिङ क्षेत्रका मजदुरहरुलाई रोजगारी श्रृजना गर्ने कार्यक्रम समावेश गर्ने तयारी गरिरहेको छ।

प्रकाशित मिति : May 15, 2020 at 4:39 pm