२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

पर्सामा अस्पतालबाट काेराेना संक्रमित भागे गोली हान्न सुरक्षाकर्मीलाई अनुमति

२ जेठ, काठमाडाैँ । पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन्। बिहिबार बसेकाे संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार सुरक्षाकर्मीहरूलाई दिएको हो।

गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए। प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो। उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो। सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको हो।

प्रकाशित मिति : May 15, 2020 at 12:08 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/