६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

उदयपुरमा चट्याङ लागेर १ जनाकाे मृत्यु

२ जेठ, गाईघाट । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

चटयाङले सुनुवारको छाती डढेका छन् । गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभयो । उहाँले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 15, 2020 at 9:44 am