६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

काठमाडाैँका सबै कार्यालय १५ दिन बन्द गरिने, सवारी ‘टाइमकार्ड’ पनि रद्द

१ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकाका सबै कार्यालय १५ दिन बन्द गरिने भएको छ । काठमाडौँ उपत्यका अन्तर्गतको काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेको हो । निजी संस्थाका कार्यालय यसअघिदेखि नै बन्द रहँदै आएका थिए । अब सरकारी कार्यालय पनि सबै बन्द हुने भएको छ ।

तीन वटा जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा गरेको निर्णय अनुमोदनका लागि शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा पेश गरिने बताइएको छ ।

कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेपछि अत्यावश्‍यक सेवा प्रदान गर्ने केही कार्यालय बाहेक सबै बन्द गर्ने निर्णय गरेको हो । बैठकले वैशाख २८ गतेबाट लागू गरिएको सरकारी कार्यालय, निर्माणसामाग्री ढुवानीलगायतमा लागू गरिएको सवारी ‘टाइमकार्ड’ पनि रद्द गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : May 15, 2020 at 7:53 am