त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी एक बालिकामा कोरोना पुष्टि, अस्पतालमा सुरक्षा सतर्कता
१ जेठ, काठमाडाैँ । त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी एक जना बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । न्युरो सर्जरी वार्डमा सात दिन अघि भर्ना भएकी ६ बर्षिया बालिकामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा भएको नमुना परीक्षणमा बालिकामा कोरोना पोजेटिभ देखिएको हो । बालिकालाइ कपिलवस्तुबाट उपचारका लागि काठमाडाैँ ल्याइएको थियो ।

बालिका रहेको वार्ड सिल गर्ने काममा अस्पताल जुटेको छ । अस्पतालका निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले अस्पतालका उच्च अधिकारीसँग परामर्श गरिरहेका छन । बालिकालाइ त्यही राख्ने वा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल पठाउने भन्ने विषयमा पनि छलफल केन्द्रीत
प्रकाशित मिति : May 14, 2020 at 9:35 am





