थप २४ जनामा कोरोना संकम्रण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो
३१ वैशाख, काठमाडाैँ । थप २४ जनामा कोरोना संकम्रण पुष्टि, संक्रमितको संख्या २४३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा २४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पछिल्लो पटक थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक रूपन्देहीमा १२ जना, कपिलवस्तुका ८ जना, पर्सामा ३ जना र नवलपरासीको १ जना रहेका छन ।

आज दिउँसोमात्र बाँके र कपिलवस्तुमा दुई जना सङ्क्रमण देखिएको थियो । आज भेटिएकामा रुपन्देहीका १२, कपिलवस्तुका आठ, पर्साका तीन र नवलपरासीका एक जना रहेका छन् । नयाँ सङ्क्रमितमा २० जना पुरुष र चार जना महिला रहेका छन् । नयाँ सङ्क्रमितमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीय पुरुष र ४, १० र २८ वर्षीया महिला रहेका छन् ।
यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुष रहेका छन् । नयाँ सङ्क्रमितमा पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिला तथा नवलपरासीका ३६ वर्षीय पुरुष रहेका छन् । मङ्गलबार अहिलेसम्मकै धेरै सङ्ख्यामा ८३ मा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
प्रकाशित मिति : May 13, 2020 at 8:17 pm





