६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित भागे

३१ वैशाख, काठमाडाैँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित व्यक्ति भागेका छन्। अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र असफर हवारी फरार भएको अस्पताल स्रोतले जनाएको छ ।


पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् । फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । फरार भएकाहरु पर्साकै भएकाे बताइएकाे छ ।

प्रकाशित मिति : May 13, 2020 at 4:56 pm