६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

भक्तपुरका कोरोना संक्रमित व्यक्ति भीम रावलको सुरक्षामा खटिएका पूर्व सुरक्षाकर्मी

३१ वैशाख, काठमाडाैँ । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ, यद्यपी उनी पूर्व सुरक्षाकर्मी रहेको प्रेस संगठनका केन्द्रीय सदस्य एकिन्द्र कुँवरले जानकारी दिएका छन । मंगलबार भक्तपुरमा भेटिएका कोरोना संक्रमित २७ वर्षीय युवक १ महिना अघिसम्म नेता भीम रावलको सुरक्षामा खटिएका थिए ।

रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका कर्मचारी हुन । अस्थायी रुपमा दुवाकोटमा बस्दै आएका थिए । उनी १ महिना अघि देखि घरमा श्रीमती बिरामी परेकाे जानकारी गराएर छुट्टीमा गएका थिए । काेराेना संक्रमण पुष्टि भएपछि ती युवकलाई मंगलबार नै टेकु अस्पताल भर्ना गरिएको छ । नेता रावलकाे संसद सुरू हुनु गरिएको स्वाब परीक्षणमा रिपाेर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : May 13, 2020 at 9:37 am