६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

बलात्कारको अभियोगमा जनकपुर प्रादेशिक अस्पतालका चिकित्सक राजेश कुमार मण्डल पक्राउ

१ जेठ, काठमाडाैँ । बलात्कारको अभियोगमा जनकपुर प्रादेशिक अस्पतालका चिकित्सक डा राजेश कुमार मण्डल पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले बलात्कारको अभियोगमा डा मण्डललाइ पक्राउ गरेको हो । धनुषाका एसपी रमेश बस्नेतले मण्डलको पक्राउ पुष्टि गरेका छन ।

पक्राउ परेका चिकित्सक मण्डल प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत ३५ वर्षका फिजियोथेरापिष्ट हुन । नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लकडाउनको समयमा उपचारका लागि क्लिनिकमा आएको बेला मण्डलले आफुलाई जबर्जस्तीकरणी गरेको उजुरी पीडित युवतीले प्रहरीमा दिनुभएको छ ।

प्रकाशित मिति : May 13, 2020 at 7:30 am