कोरोना संक्रमितको संख्या बढेपछि बारामा निषेधाज्ञा जारी
३० वैशाख, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै निषेधाज्ञा जारी गरेको छ । कोरोनाका संक्रमित बढेपछि पर्साको वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

मंगलबार बसेको क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।
भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कोही पनि घरबाट बाहिर निस्कन समेत रोक लगाएको छ ।

प्रकाशित मिति : May 12, 2020 at 7:06 pm





