कोरोनाका संक्रमित बढेपछि कपिलवस्तु जेठ ५ सम्म सिल गर्ने निर्णय
२९ वैशाख, कपिलवस्तु । कोरोनाका संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । भारतबाट आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो ।

पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ ।
सोमबारसम्म कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।

प्रकाशित मिति : May 11, 2020 at 6:08 pm





