२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सीमा क्षेत्र र विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन

२९ वैशाख, काठमाडाैँ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले भारतसँगको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश ल्याउन  सरकारलाई निर्देशन दिएको छ। सीमा क्षेत्रमा धेरै नेपाली मुलुक आउन नपाउँदा सास्ती भोगेको भन्दै समितिले यथाशिघ्र उनीहरूलाई स्वदेश ल्याउनुपर्ने बताएको हो।

यसमिति बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहने नेपालीहरूलाई समेत स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ। त्यस्ता व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर स्वदेश ल्याउनुपर्ने उनीहरूको भनाइ छ।

प्रकाशित मिति : May 11, 2020 at 12:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/