६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

२९ वैशाख, काठमाडाैँ । कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैँमा गरेको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिका ७ निवासी रहेका छन । संक्रमित सबै पुरूष रहेका छन ।

प्रकाशित मिति : May 11, 2020 at 8:47 am