६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

चितवनको खैरहनीमा श्रीमानले गरे आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या

-प्रदिप घिमिरे

२८ वैशाख, चितवन । पुर्वि चितवनको खैरहनीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यलय खैरहनीले जानकारी दिएअनुसार बारा जिल्ला सिमरा स्थाइ घर भई हाल खैरहनी नगरपालिका सिमलटाडीमा भाडामा बस्दै आएकी अन्दाजी ३५ बर्षिय मन्जु अधिकारीको आफ्नै ४२ बर्षिय श्रीमान कृष्ण प्रसाद अधिकारीद्धारा खुकुरी प्रहार गरी शनिवार राती ९ हिजो वेलुकी ० ९ः३० बजे हत्या भएको इलाका प्रहरी कार्यलय खैरहनीका प्रमुख ऋषि राम घर्तिमगरले जानकारी दिनु भयो ।

फाइल फाेटाे

हत्या गरिएकी मन्जुको विवाह दर्ता समेत नभएको र ६ महिनाको नाबालक छोरा भएको घर भाडामा घर दिने कुमार चिमरीयाले जानकारी दिनु भयो । श्रीमान श्रीमतीबिच वेलावेलामा झगडा समेत हुने गरेको स्थानीयले बताएका छन् । हत्या गरेको श्रीमानलाई खैरहनी प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक मन्जुको शवलाई पोष्ट मार्टमको लागी भरतपुर अस्पतालको शव गृहमा पठाइएको छ । दोषी अधिकारीलाई कडा कारवाहिको माग गर्दै स्थानीय वासीले खैरहनी प्रहरीको ध्यानाकर्षण समेत गरेका छन

प्रकाशित मिति : May 10, 2020 at 10:43 am