६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

उदयपुरको भुल्केमा फेरि थपिए कोरोना संक्रमित, शनिबार एकै दिन ८ जनामा संक्रमण पुष्टि

२७ वैशाख, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्को एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले एकजनामा संक्रमण पुष्टि भएको ल्याब परीक्षणको रिपोर्टले देखाएको बताएकी छिन । योसँगै शनिबार मात्रै ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कुल संक्रमितको संख्या ११० पुगेको छ ।

कोशी अस्पताल विराटनगरमा गरिएको पिसिआर परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमणको बारेमा स्वास्थ्य मन्त्रालयबाट औपाचारिक रुपमा पुुष्टि हुन बाँकी रहेको छ । संक्रमित महिलाको परिवारका सदस्य यस अगाडि संक्रमित भएको वा नभएको विषयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत पहिचान भईरहेको पनि डा. मिश्राले बताएकी छिन । यसअघि शनिबार बिहान ७ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : May 9, 2020 at 10:09 pm