१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारतलाई नेपालको चेतावनी (विज्ञप्तिसहित)

२७ वैशाख, काठमाडाैँ । नेपाल सरकारले भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा गम्भीर आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि लिपुलेकदेखि मानसरोबरसम्म पुग्ने सडक बनाएकोमा आपत्ति जनाएको हो । भारतीय कदम सीमा विवाद सम्वादबाट हल गर्ने दुई देशका प्रधानमन्त्रीको सहमति विपरित सडक निर्णमा भएको परराष्ट्रले जनाएको छ । मन्त्रालयले नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : 15:18