पूर्व जिविस उपसभापति गड्तौलाको निधन
२६ वैशाख,कलैया । तत्कालीन जिल्ला विकास समिति बाराका पूर्वउपसभापति ध्रुवप्रसाद गड्तौलाको काठमाडौँमा आज निधन भएको छ । उहाँ लामो समयदेखि मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ प्रजातान्त्रिक आन्दोलनका योद्धा समेत हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी छन् ।

यसैबीच नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले गड्तौलाको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको जनाउनुभएको छ । आज एक प्रेश विज्ञप्ति प्रकाशित गर्दै उहाँले शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
प्रकाशित मिति : May 8, 2020 at 2:14 pm





