६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

कलंकीकाे रविभवनमा कर्णेलेको गाडीकाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

२६ वैशाख, काठमाडाैँ । कलंकीकाे रविभवनमा नेपाली सेनाका कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज विहान भएको दुर्घटनामा मोटरसाइकल चालक टीकाराज गेलालको मृत्यु भएको कलंकी प्रहरीले जनाएको छ । कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गइरहेकाे मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा कारसँग ठोक्किन पुगेको थिथाे । घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्‍याए पनि उनको उपचारको क्रममा मृत्यु भएको हो। चालक जबरालाई  नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : May 8, 2020 at 11:12 am