६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

कोरोना संक्रमितको संख्या एक सय कट्यो, कपिलवस्तुका थप २ जनामा कोरोना संक्रमण पुष्टि

२५ वैशाख, काठमाडाैँ । कोरोना संक्रमितको संख्या एक सय कटेको छ । बिहीबार कपिलवस्तुका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १०१ पुगेको हो । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १६ र १८ वर्षका २ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : May 7, 2020 at 8:58 pm