२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

श्रम मन्त्रालयद्धारा साढे १४ लाख कोरोना नियन्त्रण तथा उपचार कोषमा जम्मा

२५ वैशाख, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १४ लाख ५१ हजार ९६७ दाखिला गरेको छ ।

मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो । सचिव र सहसचिवको सात दिन, उपसचिव र शाखा अधिकृतको पाँच दिन र अन्य कर्मचारीको तीन दिनको तलब रकम जम्मा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : May 7, 2020 at 5:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/