६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

हिमालय एयरलाइन्सले ग्वाङ्जाओबाट ल्यायो स्वास्थ्य सामग्री

२४ वैशाख, काठमाडौँ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । हिमालयको न्यारोबडी जहाजले आज ग्वाङ्जाओबाट ६ हजार ६०० केजी स्वास्थ्य सामग्री ल्याएको विमानस्थलले जनाएको छ ।

फाइल फाेटाे

यसअघि वैशाख १८ गते चीनको चाङ्साबाट र वैशाख १४ गते ग्वाङ्जाओबाटै हिमालय एयरलाइन्सले जहाजले स्वास्थ्य सामग्री ल्याएको थियो ।

प्रकाशित मिति : May 6, 2020 at 5:41 pm