नेकपाका नेता बुद्धिबहादुर रायमाझीकाे निधन, पशुपति आर्यघाटमा दाह संस्कार
२३ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बुद्धिबहादुर रायमाझीको निधन भएको छ। रायमाझीको सोमबार दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौँमा निधन भएको हो। नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशामा आवद्ध थिए।

चर्चित हर्रेबर्रे काण्डका अगुवा रायमाझी तत्कालीन नेकपा (एमाले) केन्द्रीय स्कूल विभाग सदस्य थिए। उनी पछिल्लो समय प्रगतिशील लेखक संघ जिल्ला अध्यक्षलगायत धेरै संघसंस्थामा आबद्ध रहेका थिए। रायममाझीको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ। उनको पार्थिव शरिरमा नेकपा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको झण्डा ओढाएका थिए।
प्रकाशित मिति : May 5, 2020 at 12:43 pm





