६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

स्थिति भयावह हुने भएपछि नेपालगञ्जमा तीन दिनका लागि कर्फ्यू, घरबाट बाहिर निस्कन नपाइने

२२ वैशाख, बाँके । जिल्ला प्रशासन कार्यालय बँकेले नेपालगन्ज उपमहानगरपालिका भित्र तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गर्दै कर्फ्यू लगाएको छ । कोरोना संक्रमणको अवस्था थव भयावह हुने अवस्था आएपछि लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गर्दै कर्फ्यू जारी गर्नु भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वदलीय र सर्वपक्षीय बैठक गरेर मंगलबार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकामा बिहीबार मध्यरातिसम्मका लागि यो निर्णय लागु गरीएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन ।

मंगलबार बिहान ११ बजेदेखि औषधि पसलबाहेकका सम्पूर्ण पसल ब्यबसाय बन्द रहनेछन् । भने कोही पनि घरबाट बाहिर निस्कन पाउने छैनन् । यही बीचमा संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङलाई प्रभावकारी बनाउने निर्णय समेत भएको छ ।

प्रकाशित मिति : May 4, 2020 at 7:38 pm