कोरोनाको संक्रमण रोक्न कर्णाली प्रदेश एक हप्ता सिल, सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द
२२ वैशाख, काठमाडाैँ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने सबै नाका आगामी एक हप्ता सिल गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले कर्णाली प्रदेश छिर्ने सबै नाकाहरु सिल गर्ने निर्णय गरेको हाे ।

सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमित बढ्न थालेपछि सरकारले आफ्नो प्रदेशमा त्यसको प्रभाव फैलिन नदिन यस्तो निर्णय गरेको हो । बाँके, सल्यान, कैलालीको नाका भएर कर्णाली प्रवेश गर्ने नाकाहरुमा विशेष कडाई हुने जनाइएकाे छ ।
प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने सरकारको तयारी रहेकाे छ। प्रदेशका कुनै पनि जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिने जनाइएकाे छ । सरकारले प्रदेशका हरेक जिल्लाका पालिकाका केन्द्र, बजारहरूमा स्वाब संकलन गरी द्रुत परीक्षण गर्ने जनाएकाे छ ।
प्रकाशित मिति : May 4, 2020 at 5:19 pm





