१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

संघीय संसदको महासचिवमा भरतराज गौतम सिफारिस

२२ वैशाख, काठमाडाैँ । भरतराज गौतम संघीय संसद सचिवालयका महासचिवमा सिफारिस भएका छन्। गौतमलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले महासचिव नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।

संघीय संसदको महासचिव राष्ट्रियसभा अध्यक्ष र सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ। महासचिवमा सिफारिस भएका गौतम संसद सचिवालयका सचिव हुन्।

प्रकाशित मिति : 14:43