२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

चौथो लभस्टोरीको पनि ‘दि एन्ड’ (उपन्यास अंश)

–दिनेश पाैडेल

जागिर–सागिर छाडेर साउदीतिर हान्निऊ“ कि भन्ने लागेको थियो देवीदत्ते खुर्पाको चोट पाएपछि झो“क चलेको बेला । त्यै झो“कमा कम्प्युटर चलाउन सिकेकी । अनि राति निद्रा लाग्दैनथ्यो, रात बिताउन साहित्य पढे“ …….। वानीरा गिरि, पारिजात, भूपी शेरचन, शङ्कर कोइराला, हृदयचन्द्रसिंह, कृष्णचन्द्रसिंह र बाङदेल पढे“ । देवकोटा, रिमाल, सम, बीपी, ताना शर्मा पढे“ । माधव घिमिरे, अभि सुवेदी, गोविन्द भट्टराई, श्रवण मुकारूङ, नयनराज पाण्डे, बुद्धिसागर, निमेष निखिल र विजय सुब्बा पनि पढे“ । पढ्न त जो–जे हातमा आयो सबै पढे“ । साहित्यमात्र होइन– राजनीति, इतिहास, संस्कृति र कला पनि पढे“ ।

‘अनि मोहन तिम्सिना भन्ने अर्काे आयो, हार्डवेयरको पसले । धनगढीकै । मूल घर झापाको गौरादहमा हो भन्थ्यो । त्यो मसित निकै हिमचिम बढाउन थाल्यो । मलाई पनि त्यो मानिस असल लाग्यो– फरासिलो, सहयोगी, निडर । पढेलेखेको, रूपमा पनि सुन्दर, झन्नैझन्नै त“जस्तै । उसको कमाइ पनि राम्रो थियो ।

‘छ महिना उसैको घरमा डेरा लिए“ । उसलाई देवीदत्तस“गको सम्बन्ध थाहा थियो, त्यस विषयमा उसको खासै आपत्ति थिएन ।
‘यसमा तिम्रो गल्ती छैन ।’ मोहन भन्थ्यो ।

‘मोहन मेरो स्वरको दास थियो । मैले गाउन थालेपछि उसको शरीर पक्षाघात भएझै“ गतिहीन र लुलो भइहाल्थ्यो । उसका निर्निमेष आ“खा मेरा ओठमा एकोहोरिन्थे । मेरो गीत बन्द हुँदा उसलाई अनौठो किसिमको व्यग्रताले गाँज्थ्यो ।

‘शकुन्तला ! तिमीबाट हजार गल्ती भए पनि क्षमा गर्नेछु । मलाई पनि क्षमा गर्नू । प्रेममा क्षमा नै सबैभन्दा अहम् कुरा हो । जीवनभर म तिम्रो प्रेमछायामा रहन लालायित रहनेछु, जीवनभर ओत–माया दिइरहनेछु । तिम्रो सुमधुर स्वर सुन्न पाउन्जेल म कहिल्यै रोगी हुने छैन, दुःखी बन्ने छैन र बूढो हुने छैन ।’

जहा“ गए पनि एकान्त मिल्नासाथ मोहन मलाई नेपाली लोकगीत, आधुनिक गीत वा हिन्दी फिल्मी गीत गुन्गुनाउन लगाइहाल्थ्यो । जुनसुकै दुःख, सुख, मिलन, बिछोड, अभाव, सम्पन्नतालाई ऊ गीतले व्याख्या गथ्र्यो । ऊ आफै“ चाहि“ गायनमा खासै सामथ्र्य राख्तैनथ्यो तर वाद्यवादनमा निकै कुशल थियो । घरमा बा“सुरी, हार्माेनियम, तबला, मादल र सारङ्गी राख्थ्यो । ती बाजाको एकदम जतन गथ्र्याे र फुर्सतका दिनमा ती बाजा बजाउ“थ्यो । सहरमा हुने गायन कार्यक्रमहरूमा ऊ जसरी भए पनि समय मिलाएर उपस्थित हुन्थ्यो ।

‘अनि एकपल्ट हामी दुई जना मोहनको बाइकमा चढेर दाङ, नेपालगन्ज, सुर्खेत र चा“दनी–दोधारा घुम्न गयौ“ । अर्कोपल्ट रेल चढेर लखनऊ, कानपुर र आगरा पनि गयौ“ ।

‘लखनऊको भुलभुलैयामा पुगेपछि उसले जीवनभर साथ दिने किरिया खायो । मलाई पनि त्यस्तै किरिया खान लायो । त्यसपछि त्यस्तो किरिया त ऊ हरेक मस्जिद र मन्दिरमा खान थाल्यो ।

‘ताजमहलअगाडिको बगै“चामा पुगेपछि मोहनले मलाई एकदम जोडले अ“गालो हाल्यो । म अररिएँ, निसास्सिएँ । हामी चौरको डिलमा बस्यौ“ । ऊ मेरा आ“खामा हेर्दै तरर आ“सु झार्न थाल्यो ।

‘ऊ खुसीमा रोएको थियो । मेरा पनि आँखा रसाए, मेरो पनि बोली भक्कानियो । जीवनमा एउटा महान् प्रेमी भेट्टिएकामा म पनि भावातिरेकले विचलित भइसकेकी थिए“ । केहीबेरमा मैले भने“– ‘भो, अब उठौ“ । हेर्नुपर्ने कुरा धेरै छन् ।’

‘खुसी छु आज म …….! मलाई यस खुसीमा दिल खोलेर रम्न देऊ । तिम्रा आ“खामा पनि त यो खुसी टिलपिल भरिएको छ । तिमी साहसिली छौ, सम्हालिन सक्छ्यौ । म सक्तिन“, मलाई दिल खोलेर पोखिन देऊ । शकुन्तला ! हेर, म कति भाग्यमानी ! तिमीजस्ती जीवनस“गिनी पाए“ । हे मेरो अहोभाग्य ! त“ यति अचानक म भएठाउ“ आइस् ! यति मीठो भएर आइस् !! यति न्यानो भएर आइस् ! यति रङ्गीचङ्गी भएर आइस् !!
‘तेह्रथुमको त्यो हरियो पाखामा जन्मेको म । झापा किन झरे“ होला ? कुन शक्तिका बलले धनगढीमा हुर्रिएर आए“ होला ? तिमीतिर तानिएको रहेछु । तिमीस“ग भेट हुनु रहेछ । यस जिन्दगीले तिमीस“ग जोडिनु रहेछ ….!!

‘मेरो जीवन अब पूर्णरूपमा सफल भो शकुन्तला ! अब यात्रा टुङ्गियो । यहाँभन्दा अगाडि कही“ जानु छैन मलाई अब । ताजमहल संसारका सबै प्रेमीहरूको तीर्थ हो । यो पुण्यभूमि हो, विश्वतीर्थ हो । हामी यसबेला विश्वतीर्थमा छौ“ । योभन्दा खुसीको क्षण कसैको जीवनमा आउ“दैन, आउन सक्तैन शकुन्तला ….!!’

‘बगै“चाको हरियाली अप्रतिम थियो । मन्दमन्द हावा चलेको थियो । अपराह्नको समय, संसारभरिका मानिस यहा“ प्रेममेला भर्न भेला भएका थिए । भीडभाड भन्न नमिल्ने भए पनि मानिसको सङ्ख्या ठूलो थियो । सबै आफ्ना–आफ्ना धुनमा थिए, सबै आफ्ना–आफ्ना जिन्दगी बा“च्तै थिए । कोही कसैलाई देखिरहेको थिएन । मानिसहरू खालि केलाइडस्कोपमा सल्बलाइरहेका रङ्गीन आकृतिहरूझै“ मात्र लाग्थे ।
‘ताजमहलको प्रेमसंसारमा छु भन्ने चेतनाले द्रवित भए“ । मलाई हिन्दी फिल्म सिलसिलाको गीत फुर्यो ः
देखा एक ख्वाब तो ये सिलसिले हुये

दूर तक निगाहों में है गुल खिले हुये ………..।
‘मानिस सगरमाथाको टुप्पामा पुगेर पनि सधै“ अडिइरहन सक्तो रहेनछ दुष्यन्त ! ताजमहलमा पुगेर पनि यथार्थ जीवनमा नफिरी नहुने रहेछ दुष्यन्त ! ताजमहलमा पुगेर पनि यतै नफिरी नहुने रहेछ ….।

‘हामी फक्यौर्“ । अनि हामी झन् बा“धि“दै आयौ“, कसि“दै आयौ“ । मेरो जिन्दगी खुसीमा पौडिरहेको थियो । म जता पनि उसैलाई देख्थे“ । ऊ पनि मस“ग हु“दा पागलझै“ बर्बराउ“थ्यो । उसभित्र मायाको खानी थियो । त्यो मायाको खानी उसले मेरा लागि खुला गरेको थियो ।
‘तिम्रो मायाले भरिन चाहन्छु म । तिम्रै मायाले रित्तिन चाहन्छु म ।’ ऊ हरेक सा“झ बिहान भन्थ्यो । उसले मेरो प्रेममा एउटा गीतसङ्ग्रह नै तयार पारिसकेको रहेछ ।

‘एकदम खुसी थियौ“ हामी । उसको साथमा हु“दा जाडो हु“दैनथ्यो, गर्मी हु“दैनथ्यो, दिन हु“दैनथ्यो, रात हु“दैनथ्यो । समय बितेको थाहापत्तो हु“दैनथ्यो । सा“च्चै भन्छु म, प्रेमसागरमा चुर्लुम्म डुबेको बेला समय भन्ने चीज नै हु“दैन रहेछ । प्रेममा त विचित्रको पागलपन हु“दो रहेछ दुष्यन्त, मानिसको जिन्दगीमा सा“च्चैको प्रेमबाढी आयो भने केहीले कही“ नरोकिने रहेछ । मोहन ममा सम्पूर्ण रूपले खनिएको थियो । म उसमा सम्पूर्ण रूपमा अर्पित थिए“ । जीवनमा मैले फेरि वास्तविक प्रेम पाएकी थिए“, हृदयबाट उम्लेको वास्तविक र पूर्णकदको प्रेम उसलाई पनि खन्याएकी थिए“ ।

‘जीवन झलमल्ल घाम भएको वसन्तको देशमा पुगेको थियो । जीवन फूलैफूलको बगै“चामा पुगेको थियो । जीवन कहिल्यै नरित्तिने सुखको देशमा थियो । जीवन सधै“ हर्ष र पर्वको देशमा थियो । सा“चो प्रेम पाउन सक्ने हो भने जीवन सा“च्चै सुखद छ, जीवन सा“च्चै बाँच्न लायक छ, जीवन सा“च्चै सुन्दर छ । सा“चो प्रेममय जीवन भोग्नेले यस मत्र्यलोकमै पनि स्वर्गको सुखभन्दा स्वादिलो जीवन बा“च्छन् ।

‘उसको परिवारका मान्छेहरू मलाई पाएर भनेसम्मन् खुसी भएका थिए । सबैलाई रिझाएकी थिए“ । सुरदेखि नै उसकी आमा, बहिनी र सानो भाइमात्र होइन मावली र काकाहरूसमेत मलाई परिवारकै सदस्य ठान्थे । त्यसै मङ्सिरमा चौमाला भगवतीको मन्दिरमा बिहे गर्ने योजनामा थियौ“ हामी । अनि मधुमास मनाउन पोखरा, काठमाडौ“, नुवाकोट, जनकपुर, धनकुटा र इलाम जाने तयारीमा थियौ“ ।

‘त“ पनि केके भोग्छेस् केके …..!’ टिप्पणी नगरी रहन सकिन“, ईष्र्यालु भइसकेको थिए“ म ।

‘तर अचानक उसले उखुटोलाको कहानी सुनेछ, – बले छैन ? त्यो क्या, सु“गुर काट्ने घिसिङ कान्छाको छोरो बले, हो त्यै बजिया ! अत्तरियाकै एउटा ढुवानी कम्पनीमा काम गर्छ – त्यसैले बढाइचढाइ गरेर, फूलबुट्टा भरेर भए–नभएको सुनाएछ । अनि त ऊ मसित ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डङडङ गनाएकी’ भनेर बिच्किइहाल्यो । अनि त चौथो लभस्टोरीको पनि ‘दि एन्ड’ ।’ बलेलाई सम्झेर उसको अनुहारमा रिसको सानो धर्साे कोरियो ।

‘चौथो लभस्टोरी ?’ म चकित भए“ ।

(मञ्जरी प्रकाशनबाट प्रकाशित उपन्यास “सीमारेखा” को एक अंश)

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार ११:१७