६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

नेपालगञ्जमा थप ९ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ६९ पुग्याे

२१ वैशाख, काठमाडाैँ । नेपालमा थप ९ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. विकास देवकाेटाले बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमिहरू ७ देखि ५८ वर्ष उमेरका छन् ।

यसअघि वीरपञ्जमा १ जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

(नाेटः यसअघि संक्रमितकाे संख्या ६९ हुनुपर्नेमा अन्यथा हुनगएकाेले सच्याइएकाे छः सम्पादक)

प्रकाशित मिति : May 3, 2020 at 4:35 pm