२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नुवाकोट क्याम्पसकाे भ्रष्टाचारः श्रेष्ठ र डांगोललाई कारबाहीको सिफारिस (प्रतिवेदनसहित)


–पवित्रा मुडभरी
२२ चैत, नुवाकोट । नुवाकोटको पुरानो नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा व्यवस्थापन समितिका अध्यक्ष र क्यम्पस प्रमुखले अनियमितता गरेको पुष्टि भएको छ । क्याम्पसमा अार्थिक र शैक्षिक अनियमितता भएकाे अारोप लागेपछि गठित छानविन समितिले अनियमितता भएकाे पुष्टिसहित कारबाहीको  सिफारिस गरेको छ ।

क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ र प्रमुख नारायणमान डंगोलले ठूलो आर्थिक तथा शैक्षिक घोटला गरेको भन्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी आन्दोलित भएका थिए ।

तस्बीरमा क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ र प्रमुख नारायणमान डंगोल ।

विद्यार्थी संगठनको आन्दोलन रोक्नका लागि भूमिका निर्वाह गर्नुपर्ने क्याम्पस प्रशासन चुप लागेर बसेपछि विद्यार्थीहरुले क्याम्पसमा तोडफोड समेत गरेका थिए । क्याम्पसमा अराजक अवस्था उत्पन्न हुँदासम्म व्यवस्थापन र प्रशासन चुप रहेपछि क्याम्पसका संस्थापक अध्यक्ष बसन्तलाल श्रेष्ठ यही चैत १४ गते आर्थिक घोटलाको छानविनको माग गर्दै आमरण अनशनमा बसेका थिए ।

श्रेष्ठको अनशनकै दिन क्याम्पसले उनको माग अनुसर लिलानाथ न्यौपानेको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त छानविन समितिले अध्यक्ष श्रेष्ठ र प्रमुख डंगोलले अनियमिता गरेको ठहर गदै डंगोललाई बर्खास्त गर्न र श्रेष्ठलाई क्याम्पससभाको बैठक बोलाई कारबाही गर्न सिफारिस गरेको छ । छानविन प्रतिवेदन सार्वजनिक भएपछि दैनिकीसँग कुरा गर्दै अनेरास्ववियु क्याम्स कमिटीका अध्यक्ष विष्णुहरि रिमाल सत्यश्रीले छानविन प्रतिवेदेनले क्याम्पसकाे अनियमिततालार्इ उजागर गरेको भन्दै अध्यक्ष श्रेष्ठ र प्रमुख डंगोललार्इ कारबाहीको माग गरे ।

हेर्नुस छानविन समितिको प्रतिवेदन 

यो पनि पढ्नुहोस्

–नुवाकोट क्याम्पसमा भएकाे भ्रष्टाचार छानविन गर्न समिति गठन भएपछि श्रेष्ठले अनशन तोडे

–नुवाकोट क्याम्पसको भ्रष्टाचार राेक्न मागगर्दै संस्थापक अध्यक्ष श्रेष्ठ अनशनमा (भिडियोसहित)

–प्रहरीकै अघि यसरी जले क्याम्पस प्रमुख र अध्यक्षको टेबुल कुर्सी (हेर्नुहोस् भिडियो)

–कर्मचारी र शिक्षकको अनियमित भर्ना गरेको भन्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा तोडफोड

 

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार १२:२२