१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

केपी ओली अष्ट्रेलिया आउदै


अष्ट्रेलिया । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी अगष्टमा अन्तिम साता अष्ट्रेलिया भ्रमणमा आउने प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले बताएका छन् ।

जोशीका अनुसार ओलीले लामो समय अगाडि देखि यहाँको रेल्वे सिस्टम लगायतको विषयमा अवलोकन गर्ने चाहना राखेकोमा यस पटक अगष्टमा भ्रमण तालिका बनाउन लागिएको बताए । यसरी तयारीका लागि मञ्चले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेको नेतृत्वमा २३ सदस्यीय समिति समेत गठन गरिएको छ ।

ओएनएफ अन्तर्राष्ट्रिय कमिटी उपाध्यक्ष तथा तयारी समिति संयोजक पाण्डे

जसको सदस्यहरुमा डा. विनोद श्रेष्ठ, शिशिर नेपाल, सिता केशी, बिजय फुयाल, माधव शाह, भवानी ओली, राजन कुमार बस्नेत, डा. जगदिश तिमिल्सिना, राजु उपाध्याय, रमेश पौडेल, सन्तोष दहाल, केशव जोशी, राम घिमिरे, बालगोपाल उपाध्याय, चिन बहादुर नेपाली, प्रकाश पन्थी, होम नाथ निरौला , हेम खनाल, आशिम कोईराला, दिपक पहारी, प्रकाश सेडाई, नर वीर नेम्वाङ, भुवन पाण्डे, बिएन मण्डल, सुर्य मोहन शर्मा रहेका छन् ।

मञ्चका अन्तर्राष्ट्रिय उपाध्यक्ष पाण्डेले अष्ट्रेलियाको उच्च राजनितिक नेतृत्व समेत संग भेटघाटका लागि छलफलहरु अगाडि बढाईको बताए । पुर्व प्रधानमन्त्री ओलीले सिड्नीमा नेपाली समुदायका अगुवा तथा अष्ट्रेलियामा विभिन्न क्षेत्रमा सफलता प्राप्त व्यक्तिहरु संग समेत भेटघाट गर्ने गरि तयारी थालिएको बताए । उनले भ्रमणको विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने समेत बताए ।

यसै विच मञ्चको राष्ट्रिय कमिटीको हालै बसेको बैठकले रिक्त पदहरुमा समेत मनोनयन गरेको छ । मञ्चका प्रचार विभाग प्रमुख अशिम कोईरालाका अनुसार भिक्टोरियाका प्रकाश सेडाईलाई सचिवालय सदस्य तथा भिक्टोरियाको  ईन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । यसै गरी केन्द्रिय सदस्यमा अरुण गौतम, कृष्ण सापकोटा, द्रोण पन्त, दिक्पाल पंगेनी, श्याम पौडेल, यज्ञ रावल, र प्रेम दहाललाई मनोनयन गरेको छ । भने न्यु साउथ वेल्स (एनएसडब्लु)को ईन्चार्जको जिम्मेवारी नर वीर नेम्वाङ्गलाई दिने निर्णय समेत भएको कोईरालाले बताए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १५:०३