११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

चर्चित बलिउड अभिनेता इरफान खानकाे ५४ वर्षकाे उमेरमा निधन

१७ वैशाख, काठमाडाैँ । चर्चित बलिउड अभिनेता इरफान खानकाे ५४ वर्षकाे उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित खानको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार इरफानको मुम्बईस्थित कोकीलाबेन अस्पतालमा आइसियूमा उपचार हुँदैथियो । इन्डोक्राइन ट्युमर भन्ने क्यान्सरबाट पीडित बनेका खानको पछिल्लो फिल्म केहीदिन यता अंग्रेजी मिडियम चलिरहेको थियो । सय भन्दा बढी फिल्ममा अभियनय गरेका छन ।

प्रकाशित मिति : April 29, 2020 at 12:47 pm