१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैदमा ८ बर्ष थप

१० फागुन बैतडी । बैतडी जिल्ला अदालतले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप गरेको छ ।


गत साउन ३ गते मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटनका १८ वर्षीय भरतराम लुहारलाई जबर्जस्तीकरणीमा जन्मकैदसहित आठ वर्ष थप कैद सजाय सुनाएको छ । सोही ठाउँका २७ वर्षीय मनोजराम दयाललाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।

प्रकाशित मिति : February 22, 2018 at 8:50 am