१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

कोरोना भाइरस बीमा लेख जारी बीमा समितिको गर्न निर्देशन

४ वैशाख, काठमाडाैँ । बीमा समितिले कोरोना भाइरस बीमा लेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीलाई आज निर्देशन दिएको छ । समितिले सबै निर्जीवन बीमा कम्पनीको बीमा पुलमार्फत सो व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि हालसम्म १६ जनामा देखिएको भन्दै सो रोग नेपालमा अझै फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी न्यूून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यले त्यस्तो बीमा लेख जारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले राससलाई जानकारी दिनुभयो ।

घातक रोगसरहको बीमालेखअनुसार हुने गरी गर्ने व्यवस्था गरिएको जानकारी दिँदै समितिले सो कार्यक्रमलाई क र ख बीमाङ्क कायम गर्नसमेत निर्देशन दिइएको छ । रु एक लाखसम्मको बीमाङ्क राखेर सो योजना लागू गर्न भनिएको उल्लेख गर्दै समितिले व्यक्तिगतरुपमा बीमा गर्दा प्रतिव्यक्ति रु एक हजार बीमा शुल्क कायम गर्न समितिले भनेको छ । परिवार सबैको बीमा गरिएको खण्डमा प्रतिव्यक्ति रु ६०० बीमा शुल्क कायम गर्न भनिएको छ ।

यस्तै रु ५० हजारको बीमाङ्क राखेर बीमा गर्न सकिने अर्को कार्यक्रम पनि ल्याइएको छ । त्यसमा व्यक्तिगतरुपमा बीमा गर्दा प्रतिव्यक्ति रु ५०० बीमा शुल्क कायम गर्ने र परिवारका सम्पूर्ण सदस्यको समेत बीमा समावेश भएमा प्रतिव्यक्ति रु ३०० बीमा शुल्क लिन भनिएको छ ।

समितिका अनुसार दाबीका लागि बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ । उक्त बीमाको व्यवस्थापन लघुबीमा नै रहेको मौजुदा लघु बीमामार्फत गर्नुपर्ने र बीमा लेख जारी गर्दा कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा सम्बन्धित कम्पनीले अनिवार्यरुपमा गर्नुपर्ने व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : April 16, 2020 at 9:40 pm