२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026
-लक्ष्मण सिटाैला
कोरोनाको मृत भाइरसले
मानिसको फोक्सोमा गएर नृत्य गरेजस्तै
टिकटकको धुनमा मुख कोच्याएर
हाब्रो पसार्दै गीत गाउनेको के कमि छ र यो सहरमा
जस्को स्वर छैन उसैलाई गाड फुलाउदै
गाएको जस्तो अभिनय गर्नुपर्ने
कोरोना जस्तै
जस्को ज्यान छैन उहि फैलिनुपर्ने हजारौं मिल परसम्म
जस्को श्वास छैन उसैलाई मान्छेको श्वासनलि चाहिने
जस्को खुट्टा छैन उसैलाई बुहान देखि न्युयोर्कसम्म पुग्नुपर्ने
टिक टके गायक जस्तो कोरोना
वा कोरोना जस्तै टिकटके गायक
मधुर स्वर हुने आफै गाउछन
गाएको जस्तो अभिनय गर्दैनन्
अभिनय गर्नेहरू मंचमै जान्छन्
र देखाउछन आफ्नो कलकल कला
जो जान्दैनन् उ अरुकै मुखले गाउछन
र गायक भएको भ्रम छर्छन
गायको जस्तो लाग्ने तर गाएको होइन ओठ मात्रै चलाउने
जस्तो भ्रम छरेको छ मृत कोरोनाले पनि
गीतको पार्श्व ध्वनी सकिएर टिक टके गायक चुप लागेजस्तो
अन्तत चेतना नभएको जड कोरोना पनि
चुपचापले सक्किने छ एकदिन
जस्तो गीत सक्किएपछी सेलाएको नक्कली गाएक

प्रकाशित मिति : April 16, 2020 at 5:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/