२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

अर्थ मन्त्रलायले विभिन्न १४ शिर्षकका बजेट खर्चमा रोक लगायो

२२ चैत, काठमाडाैँ । अर्थ मन्त्रलायले विभिन्न १४ शिर्षकका बजेट खर्चमा रोक लगाएको छ । कोरोना भाइरसको प्रभाव बढेसँगै अर्थ मन्त्रालयले परिपत्र गर्दै विभिन्न १४ शिर्षकका बजेट खर्चमा रोक लगाएको हो । देशमा विषम परिस्थिती सिर्जना भएकाले तत्कालका लागि सबै मन्त्रालयका बजेट कटौती गरिएको अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले पत्रमार्फत जानकारी दिएका छन ।

अर्थ सचिव ढुंगानाले बुधबार लेखेको पत्रमा भनिएको छ ‘अहिले राज्यको सम्पूर्ण शक्ति कोरोना भाइरस रोकथाम तथा जनताको उपचारमा लगाउनु पर्ने देखिएको छ । त्यसैले सम्पूर्ण मन्त्रालयका विभिन्न १४ शिर्षकका बजेट तत्कालका लागि रोक्का गरेका छौं ।’ आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २१ (१) मा रहेको व्यवस्था बमोजिम सम्पूर्ण मन्त्रालय तथा निकायको १४ प्रकारका शीर्षकमा अब बजेट खर्च गर्न सक्नेछैनन् ।

अब मन्त्रालय तथा निकायले सवारीसाधन खरिद, मेशिनरी तथा औजार, फर्निचर, पूँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति, सेवा परामर्श, कर्मचारी तालिम, कार्यक्रम खर्च, शीप विकास तथा जनचेतना कार्यक्रम, अनुगमन मूल्याङ्कन, भैपरी आउने चालू तथा पुँजीगत खर्च, कम्प्युटर तथा सफ्टवेयर खरिद लगायतका शिर्षकमा बजेट खर्च गर्न पाइने छैन ।

प्रकाशित मिति : April 4, 2020 at 9:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/