२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

नेप्सेमा सामान्य सुधार, एक अर्ब ६१ करोडकाे काराेबार

३ चैत, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुगेको छ । यस्तै सेन्सटिभ परिसूचक ०.५० ले वृद्धि भई २८३.१२ मा पुगेको छ । कूल १६० कम्पनीको ४१ लाख ९१ हजार ४१५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ मूल्यमा खरीद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । होटल ८.०५, उत्पादन ५२ र सामूहिक लगानी कोष ०.११ ले घटेको छ । यस्त बैंकिङ १.१, व्यापार २.४८, विकास बैंक ८.२५, जलविद्युत् १.१२, वित्त ३.६९, निर्जीवन बीमा ५३.८४, अन्य ३.६३, लघुवित्त २३.२२ र जीवन बीमा ४८.७८ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड ४० लाख ८९ हजार २५३ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै एनआइसि एशिया बैंक रु १२ करोड ८१ लाख ६४ हजार ९६५, एनएमबी बैंक रु नौ करोड ६६ लाख ९१ हजार ७८२, हिमालयन डिस्टिलरी रु चार करोड १७ लाख ३९ हजार ६४६, नबिल बैंक रु चार करोड १३ लाख ७९ हजार २३६, नागरिक लगानी कोष रु तीन करोड ७५ लाख ९१ हजार २९५ र नेको इन्स्योरेन्स रु तीन करोड ४९ लाख १४ हजार ७६३ मा कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज सिभिल लघुवित्त ९.८८, जनउत्थान सामुदायिक लघुवित्त ८.१७, मितेरी डेभलपमेन्ट ७.२१, रिडी हाइड्रोपावर ६.४१, गुराँस लघुवित्त ५.९८, मन्जुश्री फाइनान्सका शेयरधनीले ५.६० प्रतिशतले कमाए । यस्तै, यूनिलिभर नेपाल ५ं८७, नेपाल सेवा लघुवित्त ५.३५, माउण्टेन हाइड्रो ३.५७, राधी विद्युत् कम्पनी ३.५०, महिला सहयात्रा माइक्रोफाइनान्स ३.०९ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले ३.०८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : March 16, 2020 at 7:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/